काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन–३ मा मतदान गरेका छन्।
उनले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
मतदानका क्रममा प्रचण्डले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पर्व भएको भन्दै सबै मतदातालाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरे।
चितवन–३ यस पटक विशेष चासोको केन्द्र बनेको छ, किनकि यही क्षेत्रबाट उनकी छोरी तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर च्भलग म्बजब िप्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेकी छन्। त्यसैले यस क्षेत्रमा पारिवारिक र राजनीतिक दुवै कोणबाट चासो बढेको देखिन्छ।
प्रचण्डको मतदानले चितवन–३ मा निर्वाचनको माहोल थप तातेको संकेत दिएको छ। विशेषगरी स्थानीय तहको नेतृत्व गरिसकेकी रेनु दाहाल संघीय राजनीतिमा प्रवेश गर्ने प्रयासमा रहेकाले यस क्षेत्रको प्रतिस्पर्धालाई अझ अर्थपूर्ण बनाएको छ।
यसैबीच, चितवनसहित देशभरका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उल्लेख्य सहभागिता देखिएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्