झापा ५ मा मतदान जारी


काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा ५ मा मतदान जारी छ । 

बिहीवार बिहानैदेखि झापा ५ का मतदाताहरू लाइनमा बसेर मत खसालिरहेका छन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबाट तत्कालीन सरकार र प्रतिनिधि सभा विघटन भएसँगै अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको थियो । फागुन २१ गतेका लागि तोकिएको निर्वाचन आज देशभर सम्पन्न हुँदैछ ।

झापा ५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह लगायतका उम्मेदवारहरू प्रतिष्पर्धामा छन्।