सुनसरीमा शान्तिपूर्ण रूपमा निर्वाचन जारी, मतदातामा उत्साह


काठमाडाैँ । सुनसरी जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा आज बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरु बिहान सबेरैदेखि लाइनमा बसेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीकाअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रियामा सबै उमेर समूहका मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ ।

विशेषगरी युवा र पहिलो पटक मतदान गर्न लागेका मतदाताहरूमा छुट्टै उत्साह देखिएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ । –न्युज एजेन्सी नेपाल