काठमाडाैँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदान आज झापाका विभिन्न मतदान केन्द्रबाट सकिएकाे छ। मतदान सकिएपछि मतपेटिकाहरू सम्बन्धित निर्वाचन क्षेत्रको अधिकृत कार्यालयमा ढुवानी गर्ने काम धमाधम जारी छ।
निर्वाचन अधिकृत तुलसी नेपालका अनुसार मतपेटिका सङ्कलन पछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिनेछ। उनले राति १२ बजेदेखि मतगणना सुरु हुने जानकारी पनि दिए। प्रारम्भिक अनुमान अनुसार जिल्लामा करिब ६५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
झापामा पाँचवटा निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। यस चुनावमा पाँचवटै निर्वाचन क्षेत्रमा ९० जना उम्मेदवारले भाग लिएका थिए। जिल्लामा पुरुष मतदाता तीन लाख ५८ हजार ३४६, महिला मतदाता तीन लाख ५५ हजार १८३ र अन्य ८ गरी कुल सात लाख १३ हजार ५३७ मतदाता रहेका छन्।


प्रतिक्रिया दिनुहोस्