चितवन ३ मा पनि रास्वपा अगाडि


काठमाडाैँ । पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि छ ।

रास्वपाकी उम्मेदवार सोविता गौतमले तीन हजार ६३९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीकी रेनु दाहालले दुई हजार २६३ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी, नेकपा एमालेका शङ्कर थपलियाले ७४१ मत पाएका छन् ।