काठमाडाैँ । स्याङ्जा क्षेत्र नं १ अन्तर्गत हरिनास र अर्जुनचौपारी गाउँपालिकाकाे निर्वाचन क्षेत्रमा भएको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मीले अग्रता लिएका छन्।
उनको हालसम्मको मत सङ्ख्या ४ हजार ९४७ रहेको छ। दोस्रो स्थानमा नेपाली कांग्रेसका भरतराज ढकाल छन् जसले ४ हजार ३७३ मत पाएका छन्। नेकपा एमालेका मीनप्रसाद गुरुङ तेस्रो स्थानमा रहेका छन् र उनी ३ हजार ७८७ मतसहित पछि छन्।
अन्य उम्मेदवारहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरे ७५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका हुकुमबहादुर राना १०९ मत, श्रम संस्कृति पार्टीका पिरन गुरुङ्ग ४६ मत, उज्यालो नेपाल पार्टीका रवीन्द्र मल्ल ४१ मत, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमबहादुर परियार १४ मत, मंगोल नेशनल अर्गनाइजेसनका यामबहादुर गुरुङ्ग ८ मत, स्वतन्त्र उम्मेदवार अशोक विष्ट ८ मत, नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङ ७ मत, र प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्मा ३ मत पाएका छन्।
हाल मतगणना भीरकोट १ र २ निर्वाचन क्षेत्रमा जारी छ। यस क्षेत्रमा पनि मतको परिणामले प्रतिस्पर्धी उम्मेदवारहरूको स्थिति परिवर्तन गर्न सक्छ।


प्रतिक्रिया दिनुहोस्