काठमाडाैँ । स्याङ्जा क्षेत्र नं. २ को मतगणना कार्य अगाडि बढाउन निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।
आयोगले सर्वदलीय बैठक बसेर दलहरूबिच सहमति हासिल गरी मतपत्र गणना गर्न सुझाव दिएको छ।
निर्वाचन आयोगका अनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाएर यथाशक्य छिटो मतगणना कार्य प्रारम्भ गर्नुपर्नेछ।
आयोगको निर्णयका अनुसार सर्वदलीय सहमतिका आधारमा मतपत्र गणना गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ।


प्रतिक्रिया दिनुहोस्