रास्वपा र नेपाली कांग्रेस एक एक सिटमा विजयी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस एक एक सिटमा विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ क्षेत्र नम्बर १ बाट रञ्जु दर्शना विजयी भएकी छन् ।

मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।

रास्वपाले ५२ र नेपाली कांग्रेसले ६ सिटमा अग्रता कायम गरिरहेका छन् ।