काठमाडौँ। स्याङ्जा जिल्ला निर्वाचन कार्यालयले स्याङ्जा क्षेत्र नं. २ मा मतगणना प्रक्रिया अघि बढाउन आज दिउँसो १:३० बजे सर्वदलीय बैठक डाकेको छ।
निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएपछि बैठक बोलाएर मतगणना कार्य अगाडि बढाउने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
स्याङ्जा क्षेत्र नं. २ अन्तर्गत वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा १७१ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो। यस कारण मतगणना प्रक्रिया रोकिएको थियो र विवाद समाधान नभएसम्म प्रक्रिया सुरू गर्न नसकिने अवस्था सिर्जना भएको थियो।
सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधिहरू सहभागी भएर मतपत्र गणना प्रक्रिया र सुरक्षा व्यवस्थाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्