स्याङ्जा–२ मा मतगणना आज ३ बजेबाट सुरू हुने


काठमाडौँ। स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना प्रक्रिया आज दिउँसो ३ बजेदेखि सुरू हुने भएको छ।

स्याङ्जा जिल्ला निर्वाचन कार्यालयले सर्वदलीय बैठक डाकेर मतगणना अघि बढाउने तयारी गरेको हो।

निर्वाचन आयोगको निर्देशनअनुसार बोलाइएको बैठकमा सबै दलका प्रतिनिधिहरू उपस्थित भई मतपत्र गणना प्रक्रिया, सुरक्षा व्यवस्था र विवाद समाधानका विषयमा छलफल गरेका थिए ।

यसअघि वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा १७१ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नहुँदा मतगणना रोकिएको थियो।