राष्ट्रिय स्वतन्त्र पार्टी १५ स्थानमा विजयी, १०२ स्थानमा अग्रता


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले १५ स्थानमा विजयी भएको छ ।

निर्वाचन आयोगको विहान ६ बजेसम्मको तथ्याङ्कअनुसार १५ स्थानमा विजयी भएको हो ।

१०२ ठाउँमा अग्रता कायम गरिरहेको छ । यससँगै रास्वपा पूर्ण बहुमतको बाटोमा गएको छ ।

२७५ सिट रहेको प्रतिनिधि सभामा बहुमतका लागि प्रत्यक्ष र समानुपातिक गरेर १३७ सिट ल्याउनुपर्छ ।

समानुपातिकमा पाएको मतको रुसान हेर्दा रास्वपा एकल बहुमततर्फ अगाडि बढेको छ ।