काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विक्रम खनाल निर्वाचित भएका छन् ।
अघिल्लो पटक चुनाव जितेका नेपाली कांग्रेसका विनोद कुमार चौधरी खनालसँग करिब ३५ हजार मतान्तरले पराजित भएका हुन् । खनालले ४५ हजार २४१ पाउँदा चौधरी ९ हजार ५०२ मत पाए ।
एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक हजार ५९३ मत प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस्