काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब बन्ने सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले नयाँ सरकारको नेतृत्व रविले गर्नुपर्नेमा जोड दिएका हुन् ।
रास्वपाले भने बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर निर्वाचनमा होमिएको थियो ।
अहिले रास्वापा दुइतिहाई सिट उन्मुख छ ।
हर्कले लेखेका छन्,“जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ तर सरकारको नेतृत्व रविले गर्दा राम्रो । सदनमा जनताको प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ नत्र बबाल हुनेछ । नबोल्ने मान्छेले बिस्तारमा उत्तर दिन सक्दैन ।”
हर्कले पनि चुनावअघि मात्रै श्रम संस्कृति पार्टी खोलेर चुनाव लडेका थिए ।
हर्कको पार्टीले खोटाङ १ बाट चुनाव जितिसकेको छ भने उनी पनि सुनसरी क्षेत्र नम्बर १ मा अगाडि छन् । उनी धरानकाे मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभाकाे उम्मेदवार बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस्