१६१ सिटको नतिजा सार्वजनिक, रास्वपाले १२४ सिट जित्दा एकसिटमा अझै अग्रता


काठमाडौँ । निर्वाचन आयोगले १६१ सिटको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

बिहान साढे ६ बजेको नतिजाअनुसार रास्वपाले १२४ सिट जितेको छ ।

गोरखामा सुधन गुरुङ अगाडि रहेका छन् । यस्तै नेपाली कांग्रेसले १७ सिट जितेर १ मा अग्रता कायम राखेको छ ।

नेकपा एमालेले ८ सिट जितेको छ भने १ सिटमा अग्रता कायम गरेको छ ।

नेकपाले ७ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । राप्रपाले १ र स्वतन्त्र पार्टीले १ सिट जितेका छन् ।