४ प्रतिशतले बढेर नेप्से हल्ट


काठमाडौं । सोमबार सेयर बजार ४ प्रतिशतले बढेर मार्केट हल्ट भएको छ । नेप्से खुलेको एक मिनेटमा सेयर बजार ४ प्रतिशतले बढेर कारोबार रोकिएको हो ।

नेप्से परिसूचक १०८.६० अंकले बढेर २८२१ बिन्दुमा पुगेको छ ।

कारोबार खुल्नसाथ नेप्से चार प्रतिशतले बढेसँगै २० मिनेटका लागि कारोबार बन्द भएको छ । कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लागेर कारोबार २० मिनेट कारोबार स्थगित हुने गर्दछ ।

यसपछि, कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट कारोबार स्थगित हुन्छ ।

कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले घटे वा बढेमा बाँकी पुरै दिनको कारोबार स्थगित हुने व्यवस्था छ ।