काठमाडाैँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारमा आयोजित एक कार्यक्रमबिच सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । सदस्यहरुले शपथ लिएसँगै औपचारिक रुपमा आफ्नो कार्यभार सम्हाल्ने छन् ।
राष्ट्रिय सभालाई ‘स्थायी सदन’ का रुपमा लिइन्छ । जसले प्रतिनिधि सभाले बनाएका कानूनहरुको पुनरावलोकन गर्ने र परिपक्व निर्णय लिन महत्वपूर्ण भुमिका खेल्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्