काठमाडौँ । सोमबार ३ पटक हल्ट भएर बन्द भएको सेयर बजार मंगलबार घटेको छ । बजार खुल्नेबित्तिकै खरिद आदेश मात्र बढेपछि बिक्री गर्ने लगानीकर्ता नदेखिँदा नेप्से परिसूचक ३ पटक हल्ट भएर बन्द भएको थियो ।
मंगलबार भने सेयर बजार ३२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ३ उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटा उपसमुहको सेयर मूल्य घटेको छ ।
मंगलबार नेप्सेमा न्यादी ग्रुप पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको एक अर्ब ९ करोड ७३ लाख ५ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।
आज रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ ।
कुल ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्