समिक्षा बैठकमा बोल्दै गर्दा ढलेका नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन


काठमाडौंँ । निर्वाचनको समिक्षा बैठकमा बोल्दै गरेका नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ ।

बिहीबार कास्की जिल्ला कार्यालयको बैठकमा बोल्दाबोल्दै ढलेका थापाको हृदयघातको कारण निधन भएको नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले जानकारी दिए ।

पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा बैठक चलिरहेको थियो। बैठकमा १० मिनेट सम्बोधन गर्दै गर्दा इन्चार्ज थापा ढलेको र तुरुन्तै मणिपाल अस्पताल लगेपनि केहीबेरमा चिकित्सकले मृत घोषणा गरेको बरालले बताए ।

थापा २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए । २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।