मेटाले कम्पनीले कृत्रिम बुद्धिमता बढ्दै जाँदा कर्मचारी कटौतीको योजना बनाइरहेको जनाइएको छ । यो योजनाले २० प्रतिशत वा सोभन्दा बढीलाई असर गर्न सक्ने व्यापक कटौतीको योजना बनाइरहेको उल्लेख गरिएको छ ।
मेटाले महँगो कृत्रिम बुद्धिमत्ता पूर्वाधारको अफसेट गर्न र एआई–सहायता प्राप्त कामदारहरूले ल्याएको दक्षताको लागि तयारी गर्न खोजिरहेको छ ।
रोयटर्सका अनुसार कटौतीको लागि कुनै मिति तय गरिएको छैन भने यसलाइ परिमाणलाई अन्तिम रूप दिइएको छैन ।
मेटाका प्रवक्ता एन्डी स्टोनले यो सैद्धान्तिक दृष्टिकोणहरूको बारेमा अनुमान भएको बताए ।
डिसेम्बर ३१ सम्म लगभग ७९ हजार मानिसहरूलाई रोजगारी दिएको थियो ।
कम्पनीले नोभेम्बर २०२२ मा ११ हजार कर्मचारीहरूलाई निकाल्यो, जुन त्यतिबेलाको यसको कार्यबलको लगभग १३ प्रतिशत थियो भने लगभग चार महिना पछि थप १० हजार रोजगार कटौती गर्ने घोषणा ग¥यो ।
गत वर्षदेखि, सिइओ मार्क जुकरबर्गले मेटालाई जेनेरेटिभ एआईमा अझ बलियो रूपमा प्रतिस्पर्धा गर्न दबाब दिइरहेका छन् । शीर्ष एआई अनुसन्धानकर्ताहरूलाई नयाँ सुपरइन्टेलिजेन्स टोलीमा पु¥याउन कम्पनीले चार वर्षमा करोडौं डलर बराबरको ठूलो तलब प्याकेजहरू प्रस्ताव गरेको छ ।
कम्पनीले २०२८ सम्ममा डाटा सेन्टरहरू निर्माण गर्न ४ हजार ६०० बिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको बताएको छ । यसले एआई एजेन्टहरूका लागि निर्मित सामाजिक सञ्जाल प्लेटफर्म मोल्टबुक प्राप्त गरेको छ ।
मेटाले चिनियाँ एआई स्टार्टअप मानुस किन्न कम्तिमा ४२ बिलियन पनि खर्च गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्