काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदकाे नाम टुङ्ग्याएकाे छ । आइतबार पार्टी सचिवालय बैठकले सुचिमा रहेका ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूका नामावली निर्वाचन आयोगलाई बुझाउने जनाइएकाे छ ।
रास्वपाले खसआर्यबाट १७, आदीवासी जनजातीबाट १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम ३ जना गरी जसमा ४८ जना महिला र ९ जना पुरुष छनाेट गरेकाे हाे ।
मनोनयनमा परेकाहरूको नामावली निर्वाचन आयोगले आवश्यक प्रक्रिया पश्चात प्रकाशित गरिने पार्टीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्