कतार दूतावासद्वारा नेपालस्थित नागरिकलाई सहयोग र मार्गदर्शनको आश्वासन


काठमाडौँ । वर्तमान क्षेत्रीय परिस्थितिका कारण यात्रा गर्न असमर्थ भएका कतारी नागरिकहरूलाई काठमाडौँस्थित कतार राज्यको दूतावासले आवश्यक सहयोग, मार्गदर्शन र समर्थन उपलब्ध गराउने घोषणा गरेको छ।

दूतावासले नेपालमा रहेका सबै कतारी नागरिकहरूलाई यथाशीघ्र दूतावाससँग सम्पर्क गर्न अनुरोध गरेको छ। सहयोगका लागि नागरिकहरूले +९७७-९७०४५८४२४१ नम्बरमा फोन गर्न सक्ने बताइएकाे छ ।

दूतावासले सुरक्षा र सुविधासहित आवश्यक सहायता उपलब्ध गराउने जानकारी दिएको छ।