बुद्धभूमि हाइड्रोपावरले चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै


काठमाडौँ । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

चुक्ता पूँजी ४० करोड रूपैयाँ बराबर १ः१ अनुपातमा प्रतिकित्ता १०० रूपैयाँ दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद सेयरका लागि कम्पनीले बुक क्लोज गरिसकेको छ । नेप्सेमा २९ गतेसम्म कायम रहेका सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

चैत २२ गतेदेखि वैशाख १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद सेयर बिक्री पछि कम्पनीको चुक्ता पूँजी ८० करोड रूपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एन आई सी एशिया क्यापिटल लिमिटेड छ ।