फिनल्याण्डमा बस्ने नेपालीहरुले खोले ‘क्यालोर न्युट्रिसन’ ब्राण्ड


काठमाडाैँ । फिनल्याण्डमा बस्ने नेपालीहरुले ‘क्यालोर न्युट्रिसन’ नामक नयाँ पोषण पूरक (न्युट्रिशनल सप्लिमेन्ट) ब्राण्ड बजारमा ल्याएका छन् । 

फिनल्याण्डस्थित नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्दै आशिष थापाको नेतृत्वमा विशेषज्ञहरूको एक समूहले उक्त ब्राण्डका प्रोडकहरू बजारमा ल्याएका हुन् ।

‘नर्डिक कोल्याव लिमिटेड’ कम्पनीअन्तर्गत सञ्चालनमा आएको यस ब्राण्डले शुरुवाती चरणमा १४ वडा प्रोडकहरु छन् ।  थप दुई वटा प्रोडकहरु यस वर्षभित्रै बजारमा ल्याउने तयारी गरेको कम्पनीका सीईओ आशिष थापाले जानकारी दिए । उनले यस ब्राण्डले विगत दुई वर्षदेखि आफ्नै प्रयोगशालामा प्रिमियमस्तरका उत्कृष्ट सप्लिमेन्ट उत्पादन विकास गर्दै आएको जानकारी गराउदै उक्त प्रोडक्टमा सात प्रकारको न्याचुरल फ्लेबरहरू प्रयोग गरेको पन बताए ।

कम्पनीकाअनुसार उत्पादनहरूमा ह्वे प्रोटिन पाउडर, मास गेनर, ऊर्जा अभिवृद्धि गर्ने प्रि–वर्कआउट पाउडर, एमिनो एसिड पाउडर, भेगन प्रोटिन, ओमेगा–३ सफ्ट जेल तथा भेगन मल्टिभिटामिन गम्मीज हरू समावेश छन् । यी उत्पादनहरू सामान्य रूपमा सक्रिय जीवनशैली अपनाउने सबै उमेर समूह र लिङ्गका व्यक्तिहरूलाई लक्षित गरी तयार पारिएको कम्पनीको दाबी छ ।

प्रारम्भिक चरणमा उत्पादन फिनल्याण्डमा सार्वजनिक गरिए पनि नेपाल, बंगलादेश, स्वीडेन, ट्युनिसिया तथा मध्य–पूर्व एसियाली मुलुकहरूमा वितरणका लागि सम्झौता प्रक्रिया अगाडी बढेको कम्पनीले जनाएको छ ।

हालका लागि उत्पादनहरू फिनल्याण्डस्थित क्यालोर न्युट्रिशनको वेबसप तथा स्थानीय खुद्रा सञ्जालमार्फत अर्डर गर्न सकिनेछ । ठूलो परिमाणमा अर्डरका लागि नर्डिक र बाल्टिक देशहरूमा डेलिभरी व्यवस्था मिलाइएको छ ।