काठमाडौँ । स्नो रिभर्सको साधारण सेयर (आइपिओ)को निष्काशन तथा बिक्री खुला भएको छ । प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ९ गते (आज) बाट कम्पनीको आइपिओ निष्काशन तथा विक्री खुला भएको हो ।
कम्पनीले १०० रूपैयाँ अंकित दरका १८ लाख ७५ हजार कित्ता आइपिओ जारी गर्ने जनाएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७५० कित्ता आइपिओ बिक्री खुला गरेको हो।
न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
स्थानीयका लागि जारी आइपिओ निष्कान बन्द छिटोमा चैत २३ गते र ढिलोमा वैशाख ८ गते हुनेछ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते निष्कासन बन्द हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्