झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम खुम्चियो


काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६७ करोड २३ लाख ७८ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३४१ कम्पनीको ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।