महासङ्घको नयाँ नेतृत्वको लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहकाे उम्मेदवारी घाेषणा (फाेटाेहरू)


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वको लागि वर्तमान वरिष्ठ उपाध्यक्ष (भावी अध्यक्ष) अञ्जन श्रेष्ठ समूहले उम्मेद्वारी घोषणा गरेको छ ।

काठमाडौँमा कार्यक्रम गरेर अञ्जन समूहले केन्द्रदेखि प्रदेशसम्मको प्यानल घोषणा गरेको हो ।

वस्तुगतर्फकाे उपाध्यक्षमा शिवप्रसाद घिमिरेले नेतृत्व गरिरहेका छन् ।

घिमिरे प्यानलमा घिमिरेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका वस्तुगत सदस्यका उम्मेदवारहरूमा अरनिको राजभण्डारी,रविन पुरी,राजकुमार कार्की,वसन्तचन्द्र मरहट्टा,सुनिता न्हेमाफुकी,संघर्ष विष्ट,रघुनन्दन मारु,राजेशभक्त श्रेष्ठ,होम प्रसाद घिमिरे,धन प्रसाद लामिछाने,धर्मराज सापकोटा,कृष्णप्रसाद अवाले,एब बहादुर थापा,विश्वनाथ खनाल,नानीराज घिमिरे,ध्रुब बहादुर गौतम छन् ।

एसाेसिएट्सतर्फ उपाध्यक्षका उम्मेदवार प्रबलजंग पाण्डेले नेतृत्व गरेका छन् । उनले नेतृत्व गरेकाे टिममा, अविज्ञा मल्ल,अम्बिकाप्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, ईश्वर जिसी,जुना माथेमा, कृष्णलाल महर्जन,निकोलस पाण्डे, प्रियाराज रेग्मी,.राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल (चैनवाल),.आर एस भण्डारी,शक्ति कुमार वेगानी,सुशील थापा,शुयस प्याकुरेल र उज्वल श्रेष्ठ छन् ।

जिल्लानगर तर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ उपाध्यक्षकाे उम्मेदवार छन् ।

प्रदेशमा कोशीमा नविन रिजाल,बागमतीमा वेद बहादुर श्रेष्ठ,गण्डकीमा नवराज सुवेदी र लुम्बनीमा ठाकुर कुमार श्रेष्ठ प्रदेश सभापतिका उम्मेदवार छन् ।