काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहले आयोजना गरेको प्यानल घोषणा सभामा ८६ जिल्लानगर सभापतिले उपस्थिति जनाएका छन् ।
काठमाडौँमा सोमबार घोषणा गरिएको सभामा १३० मध्ये ८६ जिल्लानगर सभापतिको उपस्थति रहेको समूहले जनाएको छ ।
जिल्लानगरबाट उपाध्यक्षको उम्मेदवार दिलसुन्दर श्रेष्ठले भने,“घोषणा सभामा १३० मधे ८६ जिल्लानगर सभापतिहरूको उपस्थिति रह्यो । यसले हामीलाई उत्साहित बनाएको छ ।”
जिल्लानगरबाट उपाध्यक्षका अर्का उपाध्यक्ष कृष्णप्रसाद शर्माले आफूहरूको घोषणा सभामा १३० मध्ये ८६ जिल्लानगर सभापतिको उपस्थितिले आफूलाई निकै उत्साहित बनाएको बताए ।
उनले भने,“ मैले त घोषणा सभामा पनि जानकारी गराएको थिए र अहिले पनि भन्छु कि साथीहरूले हामीलाई अनुमोदन गर्नुहुने छ ।” उनले यसलाई आफूहरूलाई समर्थन भएको बताए । उपाध्यक्षका उम्मेदवार शर्माले भने,“ यो हाम्रीलाई समर्थन नै हो ।”
विधानत अब स्वत अध्यक्ष बन्नेक्रममा रहेका वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समूहले पनि प्यानल घोषणा गरेपछि आगामी नेतृत्वका लागि दुई समूहबिच प्रतिस्प्रधा हुने भएको छ ।
अर्को समूहको नेतृत्व वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकालले गरिरहेका छन् ।
ढकाल समूहमा जिल्लानगरबाट उमेश डाल्मिया र कल्पना गैरे उम्मेदवार छन् । महासङ्घले विधान संसोधन गरेर यसपटकदेखि जिल्लानगरमा दुई उपाध्यक्षको व्यवस्था गरेको हो ।


प्रतिक्रिया दिनुहोस्