काठमाडाैँ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गरेका छन् ।
पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सिमित समयको सभामुखको भूमिकामा कार्यकालमा संसद्लाई निष्पक्ष र पारर्दी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।
उनले सभामुखको भूमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने बताए ।
उनले भने, “मेरो निष्पक्ष समयभित्र निष्पक्ष र पारदर्शी रुपले सभामुखको भूमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ र संसदभित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकको रुपमा पनि भूमिका निर्वाह गर्नुपर्छ ।”
नयाँ सभामुखको निर्वाचन नभएसम्मका लागि केसीले बैठक सञ्चालन र संसदको अन्य व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन् ।


प्रतिक्रिया दिनुहोस्