काठमाडाैँ । प्रतिनिधि सभा सदस्यका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गरेका छन् ।
आज दिँउसो केसीले सिंहदरबारस्थित संसद सचिवालय र नयाँ संसद बैठक कक्षको अवलोकन गरेका हुन् । अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले संसद लोकतन्त्रको मूल आधार भएको बताए ।
उनले संसदबाट आउने विभिन्न विचारहरूको संयोजन गरेर साँझा निष्कर्ष निकाल्नुपर्ने भन्दै आफू सक्रिय रुपमा भूमिका खेल्ने बताए ।
उनले भने,“ लोकतन्त्रको मूल आधार थलो रुपमा रहेको संसदमा भिन्न विचारहरु आउँछन् । त्यसलाई संयोजन गरेर सहमतिपूर्ण ढंगले निष्कर्ष निकाल्नुपर्ने हुन्छ । त्यसकारण म जति समय रहन्छु संसद सञ्चालन गर्न समय पाउँछु कि पाउँदिन त्यो त थाहा छैन । तद्अनुसार संसदको रक्षकको रुपमा र जनप्रतिनिधिहरुको विषेशाधिकारको रक्षा गर्नेगरी भूमिका खेल्छु ।”
आज नै उनले ज्येष्ठ सदस्यको रुपमा पद तथा गोपनियताको शपथ लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्