सुशासन र डिजिटल सुधार प्राथमिकतामास् सांसद मनिष झाको प्रतिबद्धता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा ले सुशासनलाई मूल मन्त्र बनाउँदै सार्वजनिक सेवामा सुधार र डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने बताएका छन् ।

पद तथा गोपनीयताको शपथ लिनुअघि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले नेपाल ऐतिहासिक रूपमा पुरानो देश भए पनि संस्थागत अभ्यासमा अझै पछाडि रहेको धारणा राखे। प्रभावकारी शासनका लागि आधुनिक प्रणाली, नीतिगत स्पष्टता र संस्थागत अभ्यास सुदृढ बनाउनु आवश्यक रहेको उनको भनाइ छ।

उनले सार्वजनिक सेवा प्रवाह सुधार, डिजिटल प्रविधिको प्रयोग विस्तार र राज्य संयन्त्रलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखिने उल्लेख गरे ।

सांसद झाले मुलुकलाई संस्थागत राजकाजको अभ्यासतर्फ अघि बढाउने विषय पार्टी र सरकारको मुख्य एजेन्डा हुने स्पष्ट पार्दै सुशासनमार्फत नागरिकलाई प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाए ।