काठमाडौं । देशको शासन सञ्चालनका लागि नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। यस अनुसार बालेन्द्र शाहको नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् सार्वजनिक गरिएको हो, जसमा विभिन्न मन्त्रालयको जिम्मेवारी नयाँ अनुहारहरूलाई दिइएको छ।
नवनियुक्त मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री, सोविता गौतम कानूनमन्त्री तथा शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त भएका छन्। त्यस्तै, विराजभक्त श्रेष्ठलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सुधन गुरुङ गृहमन्त्री बनेका छन्।
उद्योग मन्त्रालयको जिम्मा अमरेश कुमार सिंहलाई दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल नियुक्त हुँदा कृषि मन्त्रालय गीता चौधरीको जिम्मामा परेको छ।
सञ्चार मन्त्रालय विक्रम तिमल्सिनाले सम्हाल्ने भएका छन् भने श्रम मन्त्रालय दिपक साहलाई दिइएको छ। शिक्षा मन्त्रालय सस्मित पोखरेलले सम्हाल्ने भएका छन्।
पर्यटन मन्त्रालय खडक पौडेलको जिम्मामा परेको छ भने भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा सुनिल लम्साललाई दिइएको छ। महिला, बालबालिका मन्त्रालय सीता वादीले सम्हाल्नेछिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निशा मेहता नियुक्त भएकी छन्। नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकारले विकास, सुशासन र आर्थिक सुधारलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्