काठमाडौँ । माईखोला हाइड्रोपावरको २४ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा समाप्त हुँदैछ । कम्पनीको कुल २४ लाख २२ हजार ४५ कित्ता सेयरको लकइन अवधि वैशाख १८ गते सकिने भएको हो ।
जसमा संस्थापक सेयर संख्या २० लाख कित्ता, स्थानीयहरुको सेयर संख्या ३ लाख ९२ हजार १५७ कित्ता र कर्मचारीहरुको सेयर संख्या ३० हजार ५८८ कित्ता रहेको छ ।
संस्थापक सेयरधनीहरुमध्ये संचालक सदस्यमा रहने तथा कम्पनीको उच्च तहमा पदवहालीका कर्मचारीहरुको हकमा सो कम्पनीमा हुँदाको बखत वा पदबाट हटेपश्चात एक वर्ष अवधिसम्म सेयर खरिदबिक्री गर्न नपाइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्