राताम्य सेयर बजार, १५ अर्ब रूपैयाँको कारोबार


काठमाडौंँ । साताको कारोबारको पहिलो दिन सेयरबजार सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ७१.०५ अंकले घटेर २८७९.११ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयर बजार घटेको छ ।

आइतबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७१ करोड ११ लाख ७३ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिड्ज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेष्ट इनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९८ प्रतिशत र ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.१७ प्रतिशतले घटेको छ ।

कुल ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।