एमालेद्वारा अध्यक्ष ओलीको पक्राउ विरुद्ध देशव्यापी विरोध प्रदर्शनको कार्यक्रम घोषणा


काठमाडाैँ । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउ विरुद्धको आन्दोलनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै २०८३ साल वैशाख १२ गतेसम्म वडा तहसम्मको विरोध प्रर्दशनको कार्यक्रम तय गरेको हो ।

वडा, पालिका, जिल्ला र वैशाख १२ गते राजधानी काठमाडौँमा विशाल प्रदर्शनसहितको विरोध सभाको आयोजना गर्ने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । उनले सो विरोध प्रदर्शनमा सहभागी हुन सिंगो पार्टी पंक्तिलाई निर्देशन समेत दिए ।

महासचिव पोखरेलकाअनुसार एमालेले सो विरोध प्रदर्शनबारे यही चैत्र २४ गतेसम्म जिल्लास्तरीय वृहत कार्यकर्ता भेला समेत आयोजना गर्ने भएको छ ।

त्यसैगरी चैत्र २८ गते सम्पूर्ण. पालिकास्तरमा विरोध प्रदर्शन, २०८३ वैशाख ३ गते सम्पूर्ण वडा तहमा विरोध प्रदर्शन, २०८३ वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन र २०८३ वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।

वर्तमान परिस्थितिमा सन्दर्भमा नागरिक समाज तथा विभिन्न वर्ग पेशासँग सम्बन्धित संघ संस्था, संगठनहरुसँग जिल्ला तथा केन्द्रिय स्तरमा संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र त्यसका लागि पार्टी उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रिय सदस्य मीनबहादुर शाहीलाई संयोजनको जिम्मेवारी समेत बैठकले दिएको एमालेले जनाएको छ । 

महासचिव पोखरेलले भने, “हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको पूर्वाग्रहपूर्ण तथा प्रतिशोधपूर्ण गैरकानूनी गिरफतारीका विरुद्ध पार्टी जनसंगठन, संसद तथा नागरिक क्षेत्र लगायतका सम्भव सबै ठाउँबाट कानूनी र राजनीतिक प्रतिवादलाई देशव्यापी रुपमा निरन्तरता दिने निर्णय  बैठकले गरेको छ । यस सन्दर्भमा निम्न अनुसार कार्यक्रम गराउन पार्टी पंक्ति तथा जन संगठनलाई निर्देश गरिन्छ ।”

यही चैत्र २४ गतेसम्म सबै जिल्ला कमिटीहरुको आयोजनामा जिल्लास्तरमा वृहत कार्यकर्ता भेला आयोजना गरी वर्तमान परिस्थिति र आन्दोलनकाबारे प्रशिक्षित गर्ने जनाएकाे छ ।

यस्तै, चैत्र २८ गते सम्पूर्ण. पालिका स्तरमा विरोध प्रदर्शन आयोजना गर्ने, २०८३ बैशाख ३ गते सम्पूर्ण वडा तहमा विरोध प्रदर्शन आयोजना गर्ने, २०८३ वैशाख ७ गते प्रदेश स्तरीय विरोध प्रदर्शन सभा आयोजना गर्ने, २०८३ वैशाख १२ गते राजधानी काठमाडौँमा विरोध प्रर्दशन तथा सभाको आयोजना गर्ने जनाइएकाे छ ।

वर्तमान परिस्थितिमा सन्दर्भमा नागरिक समाज तथा विभिन्न वर्ग पेशासँग सम्बन्धित संघ संस्था, संगठनहरुसँग जिल्ला तथा केन्द्रिय स्तरमा संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नकाे लागि केन्द्रमा पार्टी उपाध्यक्ष रघुजी पन्त उपमहासचिव योगेश भट्टराई र केन्द्रिय सदस्य मीनबहादुर शाहीलाई संयोजनको जिम्मेवारी दिइएको छ ।

सम्पूर्ण पार्टी संवद्ध जनसंगठनहरुले आ आफनो वर्ग, पेशा र समुदायको मागसहित पार्टीद्वारा घोषित कार्यक्रमहरुमा सशक्त ढंगले सहभागी हुने, २०८३ वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई छलफल, अन्तरक्रिया, संवाद र विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रुपमा मनाउन सम्पूर्ण पार्टी कमिटी तथा जन संगठनहरुलाई आह्वान गरेकाे छ ।

बैठकले वैशाख ९ गते नेकपाको स्थापना दिवस भव्य रुपमा मनाउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । छलफल, अन्तरक्रिया, संवाद र विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित सो दिवसलाई भव्य रुपमा मनाउन सम्पूर्ण पार्टी कमिटी तथा जन संगठनहरुलाई आह्वान गरिएको महासचिव पोखरेलले बताए ।