काठमाडौँ । साहस उर्जा लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ ।
कम्पनीले कायम चुक्तापूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएको हो ।
कम्पनीले अब नेपाल धितोपत्र बोर्डसँग हकप्रद निष्कासनको लागि अनुमति माग्ने तयारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्