काठमाडौंँ । साताको कारोबारको चौथो दिन सेयरबजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७१ करोड ३१ लाख २६ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, रिड्ज लाइन इनर्जी र होटल फरेष्ट इनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, नेपाल रि इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.८४ प्रतिशतले घटेको छ ।
कुल ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड ९५ लाख २५ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्