काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।
आजदेखि नयाँ मूल्य लागु भएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य २ सय रुपैयाँ पार गरेको छ ।
तेस्रो वर्गमा रहेका काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य १८२ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १९९ रुपैयाँ ५० पैसा पुगेको छ ।
डिजेल/मट्टितेलको मूल्य यसअघि प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा यसअघि पेट्रोलको मूल्य २०१ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १८१ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्