मन्त्रालयको सोफामै निदाएको फोटो पोष्ट गर्दै गृहमन्त्री गुरुङ भने ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन’


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ मन्त्रालयको सोफामा निदाएका छन् । उनले फेसबुकमा सोफामा निदाएको फोटो पोस्ट गर्दै क्याप्सन लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’

उनको सचिवालयका एक सदस्यका अनुसार २४ घण्टानै काममा खटिनुपरेपछि मन्त्री गुरुङले मन्त्रालयको सोफामै आराम गर्नुपरेको बताए ।

गृहमन्त्री भएलगत्तै उनी सक्रिय भएका काममा खटिएका छन् । बिहिबार राति गुरुङ विमानस्थलको अनुगमनमा गएका थिए । सो लगतै काठमाडौँ मेडिकल कलेजमा पुगेर जेन–जी आन्दोलनका घाइतेहरूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।