काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तिब्र गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताएकी छन् छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको समर्थन गर्ने क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेकी हुन । मन्त्री गौतमले संघीय संसदले आगामी दिनमा काम गर्ने थलोको रुपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताइन ।
उनले सरकारलाई जवाफदेही बनाउन संघीय संसदको भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिइन ।
मन्त्री गौतमले जनताको आवश्यक्तालाई सम्बोधन गर्न पनि कानून निर्माण गर्ने काममा संसदमा ढिलाई गर्ने छुट नभएको पनि स्पष्ट पारिन ।


प्रतिक्रिया दिनुहोस्