काठमार्डौँ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आइपिओ)मा सर्वसाधारण लगानीकर्ताहरूको लागि आवेदन खुलेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बाँडफाँट पछि आइतबारबाट सर्वसाधारणका लागि खुलेको हो।
कम्पनीले कुल ५५ करोड रूपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रूपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वितरण भइसकेको छ।
अब बाँकी रहेको शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सुरक्षित राखी सर्वसाधारणका लागि कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर छुट्याइएको छ।
प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा निष्काशन भएको यस आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
निष्काशन प्रक्रिया छिटोमा २०८२ चैत २५ गतेसम्म खुला रहनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा २०८३ वैशाख ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्