गृहमन्त्री गुरुङलाई सांसद पुनको सुझाव–कसैको दबाब र प्रभावमा नपर्नू


काठमाडाैँ । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिएका छन् ।

आइतबार सांसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबारही गर्न नसकेको बताए ।

उनले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने सन्दर्भमा गृहमन्त्री गुरुङले थालेको अभियान प्रसंशनीय रहेको पनि उल्लेख गरे । 

उनले भने, “पहिले गृहमन्त्रीले कसैलाई कारबाही गर्न खोजेपनि दलका प्रमुख नेताहरुको दबाबमा गृहमन्त्रीले पनि गर्न सक्दैन्थ्यो । त्यसैले गृहमन्त्रीले कसैको पनि दबाबमा पर्नु भएन । राम्रो काम गर्नुपर्यो । तदारुकता साथ अपराधिक कार्यमा संलग्नलाई कारबाही गर्नुप¥यो ।”

उनले संसदमा आफू प्रतिपक्षी भएकै कारण राजनीतिक स्वार्थ पूर्तिमा संलग्न नहुने बताए।