काठमाडौँ। सरकारले हप्ताको २ दिन विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा शैक्षिक संस्था शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि शनिबार र आइतबार बिदा दिने निर्णय भएको बताइएको छ ।
शैक्षिक संस्थाबाहेकका कार्यालयहरु समय ९ देखि ५ बजे हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्