शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई ५ दिन म्याद थप


काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई अदालतले ५ दिन म्याद थप गरेको छ ।

जिल्ला अदालत काठमाडौंले आज उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अग्रवालमाथि अनुसन्धान भइरहेको छ ।

शंकर ग्रुपका अध्यक्ष तथा शुलभका बुवा शंकरलाल अग्रवाल शुक्रबार पक्राउ परेका थिए ।

उनलाई बयान सकेर आज रिहा गरिएको छ । शुलभ शंकर ग्रुपका उपाध्यक्ष र जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् ।