काठमाडौँ । आजदेखि सरकारी कार्यालयको समय परिवर्तन गरिएको छ। नयाँ व्यवस्था अनुसार आजदेखि कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो । यसअघि भने कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म थियो।
जाडोयाममा (कात्तिक १६ देखि माघ १५ सम्म) भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको थियो ।
इन्धनको खपत कम गर्ने उद्देश्यले सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा कार्यालय समय अगाडि सार्ने निर्णय गरेको हो। उक्त निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्