काठमाडौं। साप्ताहिक बिदाको संरचना फेरिएसँगै सेयर बजारको कारोबार तालिका पनि परिवर्तन भएको छ। नेपाल स्टक एक्सचेञ्ज सञ्चालक समितिले अबदेखि शुक्रबार सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो।
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले कारोबार दिन पुनःसमायोजन गरेको हो। यससँगै अब आइतबार बजार बन्द रहनेछ भने शुक्रबार कारोबार खुला हुनेछ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुली का अनुसार साताको कारोबार दिन अब सोमबारदेखि शुक्रबारसम्म कायम हुनेछ।
यसअघि आइतबारदेखि बिहीबारसम्म मात्र कारोबार हुँदै आएको थियो भने शुक्रबार बन्द रहने व्यवस्था थियो।
नयाँ तालिकाले लगानीकर्ता र ब्रोकरहरूलाई कार्यतालिका पुनःअनुकूल गर्नुपर्ने अवस्था आएको छ।


प्रतिक्रिया दिनुहोस्