झिनो अंकले घट्यो नेप्से, ६ अर्ब रूपैयाँ बढीको कारोबार


काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार न्याग्दी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड २२ लाख ६१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन, रिड्ज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३४५ कम्पनीको एक करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।