काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको छ।
गृह मन्त्रालयको पहलमा जिल्ला अदालतबाट उनीहरूविरुद्ध पक्राउ अनुमति लिइएको स्रोतले जनाएको छ। यद्यपि, अनुमति लिइए पनि तत्काल पक्राउका लागि प्रहरीलाई औपचारिक निर्देशन वा अनुरोध भने अहिलेसम्म नआएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार दुवै जना हाल विदेशमा रहेका छन्, जसका कारण तत्कालिक रूपमा अनुसन्धान प्रक्रिया कागजी तहमै सीमित देखिएको छ।
आवश्यक परे अन्तर्राष्ट्रिय प्रहरी संयन्त्रमार्फत उनीहरूलाई झिकाउने विकल्पसमेत खुला राखिएको गृह मन्त्रालयनिकट स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्