काठमाडौंँ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट रुविकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन् । रुवि श्रम संस्कृतिबाट समानुपातिक सांसद हुन् ।
उनको समर्थकमा रास्वपाका सांसद अशोक चौधरी बसेका छन् । उपसभामुख पदको लागि सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ ।
रुविलाई समर्थन गर्ने पार्टीले निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्