श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित


काठमाडौँ । श्रम संस्कृति पार्टीकी उम्मेदवार २५ वर्षकी रूबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित भएकी छन् ।

आज प्रतिनिधि सभामा भएको मतदानमा ठकुर निर्वाचित भएकी हुन् ।

२५६ जना सांसद उपस्थित भएकोमा ठाकुरको पक्षमा २२९ मत विपक्षमा ५ मत र तटस्थमा २२ मत परेको सभामुख डिपी अर्यालले जानकारी गराए ।

श्रम संस्कृतिकी उम्मेदवार ठाकुरका पक्षमा रास्वपा, नेपाली कांग्रेस, नेकपा, श्रम संस्कृतिले मतदान गरेका थिए ।

राप्रपाकी उम्मेदवार सरस्वती लामाको पक्षमा राप्रपाको ५ मत मात्रै परेको थियो । नेकपा एमालेका ३७ सांसद भने तटस्थ बसेका थिए ।