तोलामा २०० रूपैयाँले बढ्यो सु्नको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ९७ हजार १०० रूपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेर ४ हजार ९७५ रूपैयाँ कायम भएको छ ।